" /> प्रधानमन्त्रीलाई विप्लवको चेतावनी – News of Global
प्रधानमन्त्रीलाई विप्लवको चेतावनी

ओलीले सम्झौता कार्यान्वयन गर्न नमाने कुरा क्लियर

News of Global शुक्रबार, चैत्र २०, २०७७

काठमाडौ । हालैमात्र खुला राजनीतिमा आएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति मान्न इन्कार गरेको आरोप लगाएका छन् ।
विगत एक सातादेखि राजधानी बाहिर रहेका विप्लवले आफूनिकट नेताहरूसँग ओलीले सहमति नमानेको भन्दै गुनासो पोखेका हुन् ।
आफ्ना नेता कार्यकर्ताहरूसँगको भेटमा विप्लवले खुला राजनीतिमा आउने पार्टीको कदम सही भएको र यसले वैज्ञानिक समाजवाद निर्माणका लागि खुला रूपमा बहस गर्ने वातावरण बनाएको तर, सम्झौता कार्यान्वयनमा ओलीले उदारता नदेखाएको भन्दै ब्रिफिङ गरेका थिए ।
‘ओलीले सहमति मान्न इन्कार गरेको भन्दै महासचिव निराश हुनुहुन्छ, केही दिनअघि पश्चिमको एक जिल्लामा आयोजित कार्यकर्ता भेलामा उपस्थित एक केन्द्रीय सदस्यले सूत्रन्यूजसँग भने, ‘सम्झौता कार्यान्वयन गराउन उहाँले ओली र गृहमन्त्रीसँग निरन्तर छलफल पनि गर्नुभएको छ । ओलीले सम्झौता कार्यान्वयन नगरे झन् कठोर भएर अघि बढ्ने उहाँको विचार छ ।’
ती नेताले ओलीले सम्झौता कार्यान्वयन गर्न नमाने कुरा क्लियर रहेको चेतावनी दिए । ‘हाम्रो र सरकारसँग भएको सम्झौताप्रति हामी प्रतिबद्ध छौं, तर यदि सरकारले त्यसलाई सहज ढंगले कार्यान्वयन गर्दैन भने कुरा क्लियर छ ।’
सरकार र नेकपाबीच गत फागुन २१ गते तीन बुँदे सम्झौता भएको थियो । हतार(हतार वार्ता समिति गठन गरेर सरकारसँग सम्झौताका लागि तयार भएको विप्लव समूह सम्झौता कार्यान्वयन नगर्ने ओलीको रवैया देखेर सशंकित बनेको हो ।
विप्लव समूहबाट खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदय चलाउने वार्तामा सम्मिलित थिए भने सरकारका तर्फबाट गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराईले वार्ता गरेका थिए ।
वार्तामा तीन बुँदे सम्झौता भएको थियो । पहिलो सबै समस्याको समाधान वार्तामार्फत गर्ने, दोस्रो जेलमा रहेका विप्लव समूहका नेता तथा कार्यकर्तालाई रिहा गर्ने र तेस्रो विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध हटाउने ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]