" />
बाग्लुङ । जिल्लाको वडिगाड गाउँपालिका-२ मा बम विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएको छ।
जिल्ला प्रहरी कार्यालय बाग्लुङका अनुसार वडिगाड गाउँ पालिका-२ सिमालचौरमा माछा मार्ने तयारीमा रहेको बम बिष्फोट भएको थियो।
मृतक गुल्मी जिल्लाको मुसिकोट नगरपालिका(७ को ३१ वर्षीया मित्र बहादुर राणाको मृत्यु भएको छ। उनी वडिगाड गाउँपालिका २ मा बसोबास गरिरहेका थिए। उनलाई थप उपचारको लागि पाल्पा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको बागलुङका डिएसपी इकवाल हवारीले जानकारी दिए।
यसैगरी गम्भीर घाइते भएका अर्का युवाको परिचय वडिगाड गाउँपालिका-२ हदीखोलाका २८वर्षीय अरुण पुन रहेका छन् । उनको हाल पाल्पाको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ।