काठमाडौं– लोकप्रिय गायक कमल खत्री आफ्नो नयाँ गीतको म्युजिक भिडियोमार्फत आफ्ना दर्शक तथा स्रोतामाझ आएका छन् । यसपटक पनि उनी आफैंले संगीतबद्ध गरेको गीतमार्फत स्रोतामाझ आएका हुन् ।

पानी पिउने बहाना शीर्षकको उक्त गीतका शब्दहरु सुमन योञ्जनले रचना गरेका हुन् । रिकेश गुरुङले उक्त गीतमा संगीत संयोजन तथा मिक्सिङ गरेका छन् । उक्त गीतको म्युजिक भिडियो निकै आकर्षक बनेको छ ।

कमल खत्री तथा यूआर स्टाइल प्रोडक्सनको प्रस्तुतीमा तयार भएको उक्त गीतको म्युजिक भिडियोमा अन्तर्राष्ट्रिय मोडल तथा अभिनेता दीपक घिमिरे, मोडल विशाल रेग्मी, गायक कमल खत्री तथा अभिनेत्री रियाशा दाहालले अभिनय गरेका छन् । भिडियोमा कलाकारहरुलाई निकै आकर्षक शैलीमा अभिनय तथा नृत्य गराइएको छ ।

Nepal Telecome

निर्देशक नितिन चन्दले यो म्युजिक भिडियो निर्देशन गरेका हुन् । भिडियोलाई निर्देशक चन्दले नै सम्पादन गरेका हुन् । रुपेश थापाले यो भिडियो छायांकन तथा कलर करेक्सन गरेका हुन् । विशाल महराले भिडियोमा कोरियोग्राफी गरेका छन् । उक्त भिडियोलाई गायक खत्रीले आफ्नै आधिकारिक यूट्युब च्यानलबाट अपलोड गरेका हुन् ।