" /> चिनियाँ खोप : अध्ययन गर्ने विद्यार्थी र व्यापारीलाई लगाइने – News Of Global

News Of Global सोमबार, चैत्र २३, २०७७

काठमाण्डौ । सरकारले २५ चैतदेखि चिनियाँ खोप लगाउने भएको छ । चीनले आफ्नो देश प्रवेश गर्नेलाई अन्य देशले उत्पादन गरेको खोप लगाए मान्यता नदिने परिपत्र गरेपछि स्वास्थ्य मन्त्रालयले चीनबाट ल्याएको सार्स कोभ– २ भ्याक्सिन ९भेरोसेल० लगाउने निर्णय गरेको हो । सो खोप चीनमा अध्ययन गर्ने विद्यार्थी र व्यापारीलाई लगाइने भएको छ । ६० वर्षभन्दा बढी उमेर समूहलाई भने यो खोप दिइनेछैन । चीन सरकारले अनुदानमा दिएको आठ लाख डोज खोप १६ चैतमा सरकारले चार्टर विमानमार्फत नेपाल ल्याएको थियो । ‘स्वास्थ्य मन्त्रालयमा आइतबार बसेको बैठकले चीनबाट ल्याएको सार्स कोभ– २ भ्याक्सिन ९भेरोसेल० २५ चैतबाट लगाउने निर्णय भएको छ । सो खोप सीमापार व्यापार व्यवसाय गर्ने, चीनमा अध्ययन गर्न जाने विद्यार्थी, भ्रमणमा जाने कर्मचारीलाई दिइनेछ,’ स्वास्थ्य सेवा विभागका एक अधिकारीले भने । मन्त्रालय स्रोतका अनुसार हजारभन्दा बढी विद्यार्थी खोप लगाउन नपाएर चीन जान पाएका छैनन् । त्यस्तै, एक लाखको संख्यामा सीमापार व्यापारीहरू छन् । मन्त्रालयले चिनियाँ खोप काठमाडौं उपत्यकाका अस्पताल र प्रदेश अस्पतालमा केन्द्रित रहेर लगाउने योजना बनाइएको छ । त्यसका लागि १५ देखि २० वटा केन्द्र तोकिने भएको छ । व्यवस्थापन महाशाखाका अनुसार खोप कार्ड बनाइँदै छ । यसअघि कोभिसिल्ड खोप लगाएका व्यक्तिको पहिचानका लागि पनि खोपअनुसारको कार्ड आवश्यक हुने व्यवस्थापन महाशाखाका निर्देशक डा। भीमसिंह तिंकरीले बताए ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]