" />
काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चैत १४ मा प्रज्ञा प्रतिष्ठानको डबलीबाट नैतिक रूपमा आफूले सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिन नसक्ने घोषणा गरेका थिए । यसै साता कपिलवस्तु पुगेका उनले केही दिनभित्रै नयाँ सरकार बन्ने उद्घोष गरे ।यतिसम्म कि, एमालेका सांसद गोकुल बाँस्कोटाले सोमबार प्रतिनिधिसभा बैठकमा समर्थन फिर्ता लिन नसकेको भन्दै माओवादीलाई उल्टै गिज्याएका छन् । ‘समर्थन आफू गर्ने, फिर्ता लिन नसक्ने रु अर्को सरकार बनाउनका लागि एकदलीय, दुईदलीय, तीनदलीय बनाउने भन्ने एजेन्डा प्रस्तुत गर्न नसक्ने अनि कसरी कामचलाउ भयो रु’ उनले भने ।माओवादी केन्द्रका नेताहरू सरकार तीन कारणले कामचलाउ भइसकेको तर्क गर्छन् । पुस ५ को संसद् भंग गर्ने निर्णय, सरकारको समर्थनमा रहेको दललाई अलग बनाउने गरी आएको सर्वोच्चको फागुन २३ को फैसला र समर्थन गरेको दल नै फरक पार्टीको भइसकेकाले सरकारले सोमबारसम्म विश्वासको मत लिन नसकेकै कारण सरकार कामचलाउ भएको माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बताए । सरकार कामचलाउ हुन माओवादी केन्द्रले विश्वासको मत झिक्नुपर्ने बाँस्कोटाको भनाइ छ । ‘समर्थन फिर्ता लिनुस्, त्यसपछि अर्को विषयको सुरुवात हुन्छ । आफैं अड्काउने, आफैं पड्काउने रु के गर्ने हो आफैं गर्नुस् । राजनीतिक मुद्दा लिएर जनतामा जान सबै खुला छन्,’ उनले भने ।प्रमुख सचेतक गुरुङले समर्थन फिर्ता लिएलगत्तै संसद् भंग गर्ने सरकारको नियत देखिएकाले अन्य दलको साथ नपाएसम्म समर्थन फिर्ताको प्रक्रिया अघि नबढ्ने बताए । ‘सरकारलाई दिएको समर्थन फिर्ता लिनेबित्तिकै राष्ट्रपतिको साथ लिएर संसद् भंग गर्ने नियत देखियो,’ गुरुङले कान्तिपुरसँग भने, ‘हामीले समर्थन फिर्ता लिएपछि अविश्वासको प्रस्तावमा अरू दलको साथ हुने वा सरकारले संसद् भंग नगर्ने प्रतिबद्धता नपाएसम्म फिर्ता लिँदैनौं ।’ संविधान र संसद्को रक्षाका लागि भए पनि समर्थन तत्काल फिर्ता नलिने र सरकारलाई असहयोग पनि जारी रहने उनले बताए ।