" /> वायु प्रदूषणका कारणले दैनिक २०० आँखाका बिरामी अस्पतालमा – News of Global

News of Global बिहिबार, चैत्र २६, २०७७

काठमाडौं। दुई हप्तादेखि काठमाण्डौ र आसपासमा वायु प्रदूषणका कारणले जिल्लामा आँखाका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । वायु प्रदूषणको जोखिम बढेपछि काठमाण्डौको सामुदायिक आँखा अस्पतालमा आँखाको उपचार गराउनेको सङ्ख्यामा व्यापकरुपमा वृद्धि भएको सो अस्पताल प्रशासनले जनाएको छ । विगत दुई हप्तादेखि वायु प्रदूषणका कारणले आँखा उपचार गराउनेको सङ्ख्यामा वृद्धि भएको छ ।अस्पतालमा हप्तामा पाँच दिन आँखाको शल्यक्रिया हुने गरेको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका कारण दैनिक २०० आँखाका बिरामीको उपचार गर्दै आएको सो अस्पतालले बिरामीको चाप बढेपछि बिहान ७ बजेदेखि ११ बजेसम्म तोक्न दिने गरेको र त्यही समयदेखि उपचार शुरु हुने गरेको बताइएको छ ।त्यसैगरी आँखाको निजी क्लिनिकमा उपचार गराउने तथा चश्मा पसलमा पनि चस्मा बनाउनेको सङ्ख्यामा वृद्धि भएको बताइएको छ । वायु प्रदूषण र धुवाँधुला कारण काठमाण्डौको अस्पतालहरुमा रुघाखोकी र नाक, कान र घाँटी तथा एलर्जीका बिरामीको उपचार गराउनेको सङ्ख्या बढेको सो अस्पतालले जनाएको छ । अस्पतालमा आँखाको उपचार गराउन आउने अधिकांश बिरामीको आँखा पोल्ने, आँखा रातो हुने र आँखामा एलर्जी हुनेलगायत टाउको दुख्ने समस्या रहेको बताइएको छ ।अहिले वायु प्रदूषणलगायत र अन्य विभिन्न कारणले दैनिक ३५० भन्दा बढी आँखाका बिरामी अस्पतालमा उपचार गराउन आउने गरेको बताइएको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]