News Of Global बिहिबार, चैत्र २६, २०७७

काठमाडौँ । नेकपा माओवादी केन्द्रले कारबाही गरेका ४ जना मन्त्रीको सांसद पद गुम्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका ती मन्त्रीहरु माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका थिए । सोही क्रममा माओवादी केन्द्रले कारबाही गरेपछि उनीहरुको सांसद पद गुम्ने भएको हो ।

माओवादी केन्द्रले पठाएको पत्रअनुसार सभामुख अग्निप्रसाद सापकोटाले हाल ओली सरकारमा रहेका ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकास मन्त्री प्रभु साह संसदको सदस्य नरहेको घोषणा गर्ने बताइएको छ ।

गत मंगलबार माओवादी केन्द्रले उनीहरुलाई सांसद पदबाट हटाउन संसद सचिवालयलाई पत्र पठाएको थियो । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्दा साविक नेकपाका केही मन्त्रीहरु सरकारबाट बाहिरिएका थिए । सोहीक्रममा माओवादी खेमाका यी मन्त्रीहरु सरकारमा गएका थिए

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]