नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ राष्ट्रिय सभामा आफ्नो पार्टीको सांसद नरहेको जानकारी गराएको छ।माओवादी केन्द्रले राष्ट्रियसभा सचिवालयालई आज पत्र लेखेर थापालाई दलबाट हटाएको जानकारी गराएको हो।

Nepal Telecome

ुउहाँ नेकपा एमालेको सदस्य भइसक्नुभएको छ। हामीले यसअघि प्रतिनिधिसभाका चार सांसदलाई प्रतिनिधिसभा सदस्य नरहेको जानकारी गराइसेकेका छौं,ुराष्ट्रिय सभामा माओवादी केन्द्र संसदीय दलका नेता दीनानाथ शर्माले भने,ुबादलजी अब माओवादी केन्द्रको सांसद रहनुभएन।ु

यसअघि सांसदहरू टोपबहादुर रायमाझी, प्रभु शाह, लेखराज भट्ट र गौरीशंकर चौधरीको सांसद पद रिक्त भइसकेको छ।