" />
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले तत्काल शैक्षिक संस्था बन्द नगर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले तत्काल शैक्षिक संस्था बन्द नगर्ने र संक्रमण फैलन नदिन सचेताना अपनाउने निर्णय गरेको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी०ले दोस्रो चरणको कोरोना महामारी रोक्नका लागि तीन साताका लागि विद्यालय बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरे को थियो । तर, बैठकले कोरोनाको बढ्दो जोखिमबारे सजग हुन र रोकथामका उपायहरु अवलम्बन गर्ने निर्णय लिएको छ ।
पछिल्लो समय कोरोना संक्रमण विद्यालमा अध्ययनरत बालबालिकाहरुमा देखिन थालेसँगै सिसिएमसीले तीन साताका लागि विद्यालय बन्द गर्न क्याबिनेटलाई सिफारिस गरेको हो । यस विषयमा सोमबारको बैठकमा विशेषगरी ११ वर्षभन्दा मुनिका बालबालिकाका लागि खोपको प्रबन्धसमेत नभएको अवस्थामा सतर्क हुनुपर्ने बताउनुभएको छ ।
विद्यालयमा बालबालिकाहरुलाई संक्रमणबाट जोगाउनका लागि विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु अवलम्बन गर्न बैठकले निर्णय गरेको छ ।
यसैगरी मन्त्रिपरिषद्को बैठकले तत्काल लकडाउन नगर्ने पनि निर्णय लिएको छ । स्थानीय तहको स्थिति हेरेर त्यहीँअनुरुप कदम चालिने निर्णय पनि भएको छ ।