News Of Global शुक्रबार, बैशाख ०३, २०७८

काठमाण्डौ । गएराति देशका धेरै ठाउँमा हुरी बताससहित चट्याङ्ग परेको छ । बाग्मती, गण्डकी र सुदूरपश्चिमसहित प्रदेश– १ र २ मा ठूलो हावाहुरी चलेको हो । चट्याङ्गसहित यी क्षेत्रमा ठूलो हुरी बतास चलेको हो ।
अहिले प्रि(मनसुन सक्रिय भएकाले हुरी चलेको मौसमविद्हरुले बताउनुभयो । नेपालमा गएको मार्च महिनादेखि नै प्रि(मनसुन भित्रिएको भए पनि सक्रिय हुन सकेको थिएन । अबको केही दिन भने प्रि(मनसुन सक्रिय देखिने मौसमविद् जानकारी दिनुभयो ।तर, प्रि(मनसुन सक्रिय भए पनि पानी पर्ने गरी प्रणाली नबनेको उहाँको भनाइ छ । ठूलो हुरी चले पनि वर्षाको सम्भावना भने खासै देखिँदैन ।
आज र भोलि पनि बेलुकापछि ठूलो हुरीबतास चल्ने अनुमान गरिएको छ । प्रि(मनसुनमा दिउँसोपछि मौसम बद्ली भएर हावाहुरी चल्ने, चट्याङ्ग पर्ने र पानी पर्ने हुन्छ । गएरातिको ठूलो हुरीले वायुमण्डलमा थुप्रिएका धुलोका कणलाई केही उडाए पनि पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण फेरि बढ्ने सम्भावना यथावत नै छ ।
चट्याङ्ग र ठूलो हावाहुरीको सम्भावना रहेकाले सुरक्षित रहन मौसमविद्ले आग्रह गरेका छन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]