" /> फुटबल टीमका चर्चित पूर्वगोलरक्षक पिटर बोनेट्टीको निधन – News of Global

News of Global मंगलबार, बैशाख ०२, २०७७

लन्डन । इङ्ल्यान्डको राष्ट्रिय फुटबल टीमका चर्चित पूर्वगोलरक्षक पिटर बोनेट्टीको निधन भएको छ। बोनेट्टीको आइतबार राति ७८ वर्षको उमेरमा निधन भएको उनको पारिवारिक स्रोतले बताएको छ। उनी लामो समयदेखि बिरामी थिए। बोनेट्टी इङ्लिस प्रिमियर लिग क्लब चेल्सीका पूर्वगोलरक्षक पनि हुन्।

बोनेट्टीले सन् १९६० देखि सन् १९७५ सम्म चेल्सीबाट व्यावसायिक फुटबल खेलेका थिए। उनी आफ्नो समयका चर्चित गोलरक्षक थिए। उनले चेल्सीलाई सर्वोत्कृष्ट गोलरक्षक भएको क्लबका रूपमा छुट्टै परिचयसमेत दिलाएका थिए। त्यसैले उनलाई ‘सर्वकालीन सर्वोत्कृष्ट गोलरक्षक’को सम्मान पनि प्रदान गरिएको थियो।

इङ्ल्यान्डले सन् १९६६ को विश्वकप फुटबलको उपाधि जित्दा पनि उनी टोलीका सदस्य थिए। तर, विभिन्न कारणले गर्दा उनले उक्त विश्वकपमा मैदानमा ओर्लने अवसर भने पाएका थिएनन्। सन् १९७० को विश्वकपमा भने उनले इङ्ल्यान्डको गोल पोस्ट सम्हाल्ने अवसर पाएका थिए। उक्त विश्वकपको क्वार्टरफाइनलमा इङ्ल्यान्डको टोली पश्चिम जर्मनीसँग पराजित भएको थियो।

आफ्नो १५ वर्ष लामो चेल्सी बसाइका क्रममा बोनेट्टीले क्लबका लागि सात सय २९ खेल खेलेका थिए। सन् १९७५ मा उनले छोटो अवधिका लागि अमेरिकी क्लब सेन्ट लुइस स्टार्सबाट पनि व्यावसायिक फुटबल खेलेका थिए। तर, सन् १९७६ मा उनी पुनः चेल्सीमै फर्किए। त्यसपछि उनी सन् १९७९ सम्म चेल्सीमा रहेका थिए।

बोनेट्टी चेल्सीका लागि सर्वाधिक खेल खेल्ने खेलाडीको सूचीमा दोस्रो नम्बरमा पर्छन्। चेल्सीका लागि उनीभन्दा बढी खेल पूर्वकप्तान रोन ह्यारिसले मात्र खेलेका छन्। यसैगरी सन् २०१४ सम्म उनी विपक्षी टोलीबाट लामो समयसम्म सर्वाधिक कम गोल खाने चेल्सीका गोलरक्षक थिए। सन् २०१४ को जनवरीमा बोनेट्टीको उक्त कीर्तिमान पिटर चेकले तोडेका थिए।

सन् १९७० मा चेल्सीलाई एफएक कपको उपाधि दिलाउन उनले नै सबैभन्दा महत्‍वपूर्ण भूमिका निर्वाह गरेका थिए। खासगरी फाइनलमा उनको प्रदर्शन उत्कृष्ट थियो। एफए कपको उपाधि जितेपछि सयौं सञ्चारकर्मीको अगाडि चेल्सीले उनलाई ुविपक्षीको सातो हर्ने महामानवु को संज्ञा दिएको थियो। त्यतिबेला चेल्सीले फाइनलमा लिड्स युनाइटेडलाई हराउँदै एफए कपको उपाधि चुमेको थियो।

यसका अतिरिक्त बोनेट्टीले चेल्सीलाई सन् १९६५ को इङ्लिस लिग कप र सन् १९७१ को यूईएफए कप विनर्स कपको उपाधि दिलाउन पनि महŒवपूर्ण भूमिका निर्वाह गरेका थिए। फलामे ढोका बनेर गोल पोस्टमा उभिने बेजोडेको क्षमताका कारण उनका साथी रोन टिन्डलले बोनेट्टीलाई ुटी क्याटु को उपनाम दिएका थिए।

सन् १९६९र७० सिजनमा बोनेट्टी वर्षको सर्वोत्कृष्ट खेलाडीको सूचीमा उपविजेता बनेका थिए। सक्रिय खेलजीवनबाट सन्न्यास लिएपछि बोनेट्टीले चेल्सी र इङ्ल्यान्डको राष्ट्रिय टोलीमा गोलरक्षक प्रशिक्षकको भूमिका पनि निर्वाह गरेका थिए। उनले म्यानचेस्टर सिटी, न्युक्यासल युनाइटेड र फुलह्याममा पनि गोलरक्षक प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए।

बोनेट्टीको निधनमा इङ्ल्यान्डको फुटबल संघ ९एफए०, चेल्सीलगायतका विभिन्न क्लब र विश्वभरका फुटबल खेलाडीले उनको आत्माका चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका छन्। ुबोनेट्टी चेल्सीको जीवित इतिहास थिए। उनको निधनबाट हामी स्तब्धः भएका छौं। हामी उनको आत्माका चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्न चाहन्छौुं चेल्सीद्वारा जारी शोक सन्देशमा भनिएको छ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]