" /> कुन–कुन जिल्लामा निषेधाज्ञा जारी भएको ? सूची यस्तो छ ! – News of Global

News of Global बिहिबार, बैशाख १६, २०७८

काठमाडौं । बिहीबारबाट काठमाडौं उपत्यकासहित १६ जिल्लामा निषेधाज्ञा जारी भएको छ । कोरोना भाइरस बढ्दो संक्रमणको ‘चेन ब्रेक’ गर्न सरकारको निर्देशनमा जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेका हुन् ।

विहीबार विहानसम्म १६ जिल्लामा निषेधाज्ञा लागू भएको पाइएको छ । निषेधाज्ञा जारी हुने जिल्लाहरुमा काठमाडौँ, भक्तपुर, ललितपुर, मोरङ, पर्सा, कास्की, दाङ, बाँके, रुपन्देही, बर्दिया, कैलाली, कञ्चनपुर, बागलुङ, कालीकोट, सुर्खेत, चितवन र पाल्पा रहेका छन् ।

गृह मन्त्रालय प्रवक्ता जनकराज दाहालका १२ जिल्लामा पूर्ण तथा ४ जिल्लामा आंशिक निषेधाज्ञा जारी गरिएको छ ।जसअनुसार काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, दाङ, कैलाली, रूपन्देही, पर्सा, मोरङ, कास्की, सुर्खेत र चितवन पूर्ण निषेधाज्ञा आदेश जारी गरिएको छ ।
https://youtu.be/3MZcCF5pXK8

यसैगरी पाल्पा, बर्दिया, बाग्लुङ र कालिकोटमा संक्रमण अवस्था हेरेर स्थान तोकेरै आंशिक निषेधाज्ञा जारी गरिएको छ । सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत निषेधाज्ञा आदेश जारी गरेको हो ।

गत सोमबार बसको मन्त्रिपरिषद् बैठकले सीसीएमसीको सिफारिस स्वीकृत गर्दै निषेधाज्ञा निर्णय गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको छ । पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० सक्रिय संक्रमितको संख्या नाघेमा निषेधाज्ञा जारी गर्ने नियम बनाइएको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]