" /> दक्षिण एसियामा ३ सय ३६ को मृत्यु, भारतमा मात्रै २ सय २७ – News of Global

News of Global शुक्रबार, चैत्र २८, २०७६

काठमाडौं । दक्षिण एसियामा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ३ सय ३६ पुगेको छ । दक्षिण एसियाका देशहरुमध्ये अहिलेसम्म भारतमा यो भाइरसबाट मृत्यु हुनेको संख्या दुई सय २७ पुगेको छ । यो संख्या अरु देशहरुभन्दा धेरै मृत्यु हुनेमा अगाडि पर्छ । त्यस्तै पाकिस्तानमा अहिलेसम्म ६६ जना मानिसको यो भाइरसको कारण मृत्यु भइसकेको छ । अन्य दक्षिण एसियाली मुलुक बंगलादेशमा २१, अफगानिस्तानमा १५ र श्रीलंकामा सात जनाको यो भाइरसबाट मृत्यु भएको छ । माल्दिभ्स, नेपाल र भुटानमा भने यो भाइरसबाट कसैले पनि मृत्यु भएको छैन ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार दक्षिण एसियामा यो भाइरसबाट संक्रमित हुनेको संख्या पनि १२ हजार नाघिसकेको छ । सबैभन्दा बढी प्रभावित मुलुक भारतमा यो भाइरसका संक्रमितको संख्या छ हजार सात सय २५ पुगिसकेको छ । त्यस्तै पाकिस्तानमा संक्रमित चार हजार छ सय पुगेका छन् । अन्य मुलुकहरुमा अफगानिस्तानमा चार सय ८४, बंगलादेशमा तीन सय ३०, श्रीलंकामा एक सय ९०, माल्दिभ्समा १९, नेपालमा नौ र भुटानमा पाँच जनामा यो भाइरसको संक्रमण पुष्टि भइसकेको उल्लेख छ । एजेन्सी

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]