News Of Global शनिबार, बैशाख २५, २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक साँझ ५ बजेलाई बोलाएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार बैठकका एजेण्डा पनि खुलाइएको छैन ।
नियमित मन्त्रिपरिषदको बैठक सोमबार र बिहीबार बैठक बस्ने गरेको छ । ‘एजेण्डा पनि नखुलाएको र शनिबार मन्त्रिपरिषद बैठक बोलाएकोले हामी पनि अन्योलमा छौ, एक मन्त्रीले भने ।
यसअघि प्रम ओलीले आइतबार संवैधानिक परिषद्को बैठक पनि डाकेका छन् । बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा सहभागी नहुने भएका छन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]