" /> कोरोना भाइरसका भेरियन्टहरूलाई नयाँ नाम दिने विश्व स्वास्थ्य सङ्गठनको निर्णय – News of Global

न्यूज अफ ग्लोबल मंगलबार, जेठ १८, २०७८

काठमाडाैं । कोरोना भाइरसका नयाँ-नयाँ प्रकार निस्कन थालेपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले भाइरसको नामाकरण गर्ने नयाँ प्रणालीको घोषणा गरेको छ । डब्ल्यूएचओले कोरोना भाइरसका भेरियन्टहरुलाई जनाउनका लागि ग्रीक अक्षरहरुको प्रयोग गर्ने बीबीसीले जनाएकाे छ ।

बेलायतमा पहिलोपटक भेटिएको कोरोना भाइरसको भेरियन्टलाई अल्फा, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई बिटा र भारतमा भेटिएको भेरियन्टलाई डेल्टा नामाकरण गरिएको डब्ल्यूएचओले जनाएको छ ।

चर्चा परिचर्चालाई सहज बनाउन तथा नामसँग जोडिएर आउने धब्बा हटाउनका लागि नयाँ नामकरण प्रणालीको व्यवस्था गरिएको डब्ल्यूएचओले जनाएको छ ।

भेरियन्टका नामहरुको पूर्णसूची डब्ल्यूएचओले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ । यदि २४ भन्दा धेरै भेरियन्ट भेटिएको खन्डमा ग्रीक वर्णमालाका अक्षर सकिनेछ र नयाँ प्रणाली घोषणा गरिनेछ । भारतमा देखिएको डेल्टा भेरियन्ट बेलायतमा देखिएको भेरियन्टभन्दा चाँडो फैलने पाइएको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]