" />
गोरखा । गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद एवंम नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य हरिराज अधिकारी खाद्यान्य सहित स्वास्थ्य सामग्री बोकेर गोरखा आउनु भएको छ । धार्चे गाउँपालिकाका २५० घर परिवारका लागि खाद्यान्य बोकेर सांसद अधिकारी त्यस तर्फ जान लाग्नु भएको हो ।
अष्टे«लियामा रहनुभएका समाजसेवी जोन घलेको आर्थिक सहयोगमा निधेषाज्ञाका बेला खाद्यान्य संकटमा परेका नागरिकहरुका खाद्य सामग्री बितरण गर्न लागिएको हो । त्यहाँ नागरिकहरुलाई कोभिड १९ बाट सुरक्षित रहन मास्क, सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री पनि उपलब्ध गराउने तयारी भईरहेको जनाइएको छ ।