काठमाडौं । नवोदित विद्याकुञ्जको ३३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । नवोदित विद्याकुञ्जका सञ्चालक समितिका अध्यक्ष केदारनाथ खनालको अध्यक्षता एवं मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीको प्रमुख आतिथ्यतामा अभिभावक दिवस मनाइएको थियो ।
कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत गर्दै विद्याकुञ्जका भाइस प्रिन्सिपल विकाशराज शर्माले विद्यालाय भनेको ज्ञानको निखारता ल्याउने माध्यम भएको बताउँदै अभिभावक, विद्यार्थी र विद्यालयबीचको समन्वय हुनुपर्ने बताए ।

वार्षिकोत्सव कार्यक्रमलाई शुभकामना मन्तव्य दिँदै हिसानका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले समयअनुसारको शिक्षा प्रणाली र व्यवहारिक शिक्षा हुनुपर्ने बताए । पौडेलले विद्यार्थीले अभिभावकसँग धेरै कुराहरु सिक्ने हुँदा विद्यालयमा सिकेको शिक्षालाई व्यवहारमा पनि लागू गर्न अनुरोध गरे ।
त्यस्तै काठमाडौं महानगरपालिकाको तर्फबाट देशबन्धु अधिकारीले मान्छे सफल हुनका लागि मेहनत सबैभन्दा महत्वपूर्ण रहेको बताए । प्रविधि मैत्री हुनुपर्ने एआइको समय भएको हुँदा अभिभावक र विद्यार्थीसँगै स्कुलको पठनपाठन पनि प्राविधिमैत्री हुँदै लैजानुपर्ने समय आएको बताए ।
त्यसैगरी पूर्व जर्नेल तथा समाजसेवी धर्म बानियाँले शिक्षाबिना देश ध्वस्त हुने बताउँदै आफूले सैनिक सेवामा रहँदा भोगेका र देखाका अनुभवहरुले प्रष्ट बनाएको बताए । उनले नेलशन मण्डेलाको शिक्षानीतिको उदाहरण दिँदै मुलुकमा सबैभन्दा पहिला शिक्षालाई विकास गर्नुपर्ने बताए ।
अभिभावक दिवसलाई सम्बोधन गर्दै नवोदिक विद्याकुञ्जका प्रिन्सिपल राजेन्द्र अधिकारीले ३६५ दिन नै अभिभावक दिवस भएको हुँदा विद्यार्थीको भविष्यको लागि अभिभावक ढुक्क भएर स्कुलमा शिक्षकहरुसँग भेट्ने र विद्यार्थीको पढाइको बारेमा जानकारी लिन सक्ने वातावरण भएको बताए । प्रिन्सिपल अधिकारीले अबको समय एआइएको भएको हुँदा प्रविधिलाई सीपसँग र सीपलाई जीवनसँग जोडेर अघि बढ्नुपर्ने बताए । उनले विद्यार्थीलाई संस्कार र अनुशासनमा राख्नुपर्ने बताउँदै अभिभावक र विद्यार्थीको बीचमा डिजिटल फास्टिङको आवश्यकता रहेको बताए ।
त्यसैगरी काठमाडौं महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष ख्यामराज तिवारीले जीवन अनुशासन र अध्ययनको संगम रहेको बताउँदै अभिभावकले विद्यार्थीको भविष्यको बारेमा सचेत रहनुपर्ने समय भएको बताए । पछिल्लो समयको शिक्षा व्यवसायिक बन्न नसकेको हुँदा उच्च शिक्षापछि वितृष्णाको वातावरण धेरै भएको बताउँदै अब विद्यालयबाट नै व्यवाहारिक शिक्षा लागू गर्नेपर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि मावसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले विद्यार्थी तथा अभिभावकलाई मोटिभेसन दिएका थिए । बुबा आमा, समाज र देशलाई प्राथमिकतामा राख्ने व्यक्ति सदैव सफल भएको बताए । उनले अनुशासनमा रहेर अध्ययन गर्नुपर्ने बताउँदै देशलाई स्वर्ग बनाउने नागरिक मात्र देशका लागि आवश्यक रहेको बताए । आफू जन्मिएको भूमि, परिचय दिएको देशको सम्मान गर्न सकिँदैन भने हामीले जति प्रगति गरेर सफल र सुखी जीवन बिताउन सकिँदैन, प्रमुख अतिथि अधिकारीले बताए ।
कार्यक्रममा सिग्मा कलेजका प्रिन्सिपल जयदेव सिंह धामी, राससका पत्रकार अच्युत रेग्मी, न्यूज अफ ग्लोबलका सञ्चालक सुमन पण्डित, नवोदित स्कुल तथा कलेजका फाउन्डर, शिक्षक, शिक्षिका लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
