" /> भूकम्पको ६ वर्षपछि गोरखा दरबारको रुप फेरिँदै – News of Global

News of Global शुक्रबार, आषाढ १८, २०७८

गोरखा । भूकम्पको ६ बर्षपछि गोरखा दरवारको छाना छाउने काम शुरु भएको छ । दरवारको अन्तिम तलामा छाना छाउने काम थालिएको गोरखा दरवार हेरचाह अड्डाले जनाएको हो । ‘दरवारको बाहिरी संरचनाको काम लगभग सकिन लाग्यो,’ अड्डा प्रमुख हरि भुषालले भने, ‘अन्तिम तलामा छाना छाउने काम केही दिनमा सकिन्छ ।’ १३ जना दक्ष कालिगढबाट काम भइरहेको र असार मसान्त सम्ममा बाहिरी काम सम्पन्न हुने उनले जानकारी दिए ।

यसअघि नै पुनर्निर्माण भइसक्नुपर्ने गोरखा दरवारको हालसम्म ८५ प्रतिशत भन्दा बढी काम हुन सकेको छैन । २०७२ सालको भूकम्पले क्षति पुगेको गोरखा दरवार पुननिर्माणको काम २०७४ सालबाट शुरु भएको हो । ठेक्का सम्झौता अनुसार दुई बर्षभित्रै काम सक्नुपथ्र्यो । तर ठेकेदारको लापरवाहीले हालसम्म पनि काम सम्पन्न हुन सकेको छैन ।

तीन पटक थप भएको म्यादमा पनि काम सम्पन्न गर्न नसकेको निर्माण कम्पनीलाई पुरातत्व बिभागले कारवाही गरेको छ । कारवाही स्वरुप गत पुष १ गतेबाट लागू हुने गरी ठेक्का सम्झौता रकमको दैनिक ०।०५ प्रतिशतले जरिवाना तोकिएको बिभागका साइड सुपरभाइजर नारायण बोहराले बताए ।

दरवार पुननिर्माणका लागी करिव पाँच करोडमा पचली भैरव सिभाको जेभीसँग ठेक्का सम्झौता भएको हो । तेस्रो पटक थप भएको म्याद अनुसार जेठ मसान्तसम्ममा सक्नुपथ्र्यो । म्याद सकियो तर अझै काम सकिएको छैन । तेस्रो पटक थप भएको म्याद बारे कार्यालयलाई कुनै जानकारी नभएको गोरखा दरवार हेरचाह अड्डा प्रमुख भुषाल बताउछन् ।

बाहिरी संरचनाको काम अन्तिम चरणमा पुगेपनि दरबारको भित्री काम अझै बाँकी छ । भुइँमा प्लाष्टर गरेर तेलिया इट्टा बिछ्याउने, झ्याल ढोकाको खापा राख्ने, कोठा बिभाजन गर्ने लगायतका काम बाँकी रहेको भुषालले बताए । ‘भित्री गारोमा सुर्की चुनाको प्लाष्टर गर्ने हो, चिसोमा गर्न मिल्दैन, त्यसैले यो बर्षामा काम हुन सक्ने सम्भावना छैन,’ उनले भने । असोज महिनाबाट मात्र काम शुरु गर्न सकिने उनको भनाइ छ ।

समयमै दरवार पुननिर्माण नहुदा जिल्लाको पर्यटन प्रवद्र्धनमा समेत असर परेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । ऐतिहासिक दरवार पुननिर्माणमा ढिलाई भएको भन्दै केही समय अघि स्थानीयले पनि बिरोध जनाएका थिए ।
कालिका मन्दिर र रंगमहल पुननिर्माण हुन सकेन

गोरखा दरवार पुननिर्माणमा भएको ढिलाइका कारण सँगै रहेको कालिका मन्दिर र रंगमहल भवन पुननिर्माण हुन सकेको छैन । भूकम्पले क्षति पुगेका उक्त संरचनाहरु प्रवलिकरण गर्ने निर्णय भएको छ । तर दरवार पुननिर्माण सम्पन्न नहुदा काम शुरु गर्न नसकिएको दरवार हेरचाह अड्डाले जनाएको छ ।

‘सामान भण्डारण गर्ने ठाउँ छैन, दरवार बनेको भए त्यहा भण्डारण गरेर कालिका मन्दिर र रंगमहलको भवन प्रवलिकरण शुरु गर्न हुन्थ्यो,’ हेरचाह अड्डा प्रमुख भुषालले भने । भूकम्पले क्षति पुगेका उक्त संरचनाहरु जगै देखि भत्काएर पुननिर्माण गर्ने वा प्रवलिकरण गर्ने भन्ने अन्योलता थियो ।

तर दरवार पुनर्निर्माणमा भएको ढिलाइका कारण प्रवलिकरण गर्ने निर्णय गरिएको भुषाल बताउछन् । ठेक्का प्रक्रिया अगाडी बढीसकेको छ । उक्त संरचनाहरु प्रवलिकरणका लागी चालु आर्थिक बर्ष ५०÷५० लाख रकम विनियोजन भएको बताइएको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]