" /> कोरोना संक्रमणको रिपोर्ट नआउँदै दुई युवक आइसोलेसनबाट भागे – News of Global

News of Global आइतबार, चैत्र ३०, २०७६

काठमाडौं । डडेल्धुरास्थित डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा कोराना भाइरसको आशंकामा भर्ना भएका दुईजना भागेका छन् । शनिबार अपरान्ह उनीहरु अस्पतालबाट भागेका हुन् । अस्पतालकाअनुसार भाग्नेमा करिब ४० वर्षीया महिला र १९ वर्षीय पुरुष छन् ।

कोभिड–१९ को आशंकामा चैत २५ गते उनीहरु अस्पतालमा भर्ना भएका थिए । दुवै जनामा ज्वरो र सुख्खा खोकी पाइएपछि कोरोना संक्रमणको आशंकामा सोही दिन स्वाब परीक्षणका लागि नमूना संकलन गरेको अस्पतालले जनाएको छ ।

चैत २६ गते परीक्षणका लागि अस्पतालले दुवै जनाको स्वाब काठमाडौं पठाएको थियो ।अस्पतालले दिएको जानकारी अनुसार ७ जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको भएपनि उनीहरुको मात्र रिपोर्ट आउन बाँकी छ ।

आइसोलेसन वार्डमा रहेका दुवै जनाले अस्पताललाई कुनै जानकारी नदिइ भागेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टले जानकारी दिए ।

अस्पतालबाट भागेका दुबै जना डडेलधुराको भागेश्वर गाउँपालिकाका भएको अस्पतालले जनाएको छ । उनीहरूको प्रहरी र गाउँपालिकाले खोजी गरिरहेको छ । दुवैको खोजीका लागि प्रहरी परिचालन गरिएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]