" /> तिजमा भावनाको धामाका ‘टिकटक चलाउने’ – News of Global

News of Global आइतबार, साउन १०, २०७८

काठमाडौं । नेपाली नारीहरुको महान् चाड तिज जति नजिक आउँदै जान्छ उति नै तिजका गीतसंगीतले बजारमा गरमागरम हुने गर्छ । गायक गायिकाहरुको चहलपहल तिजमा निकै बढ्ने गर्छ । पछिल्लो समय सामाजिक सञ्जालको भीडमा टिकटकले पनि उत्तिकै बजार पाइरहेको छ । त्यही टिकटकको बजारलाई मध्यनजर गर्दै गायिका भावना आचार्यले ‘टिकटक चलाउने’ गीत बजारमा ल्याएकी छन् ।

लोकप्रिय गायिका भावना आचार्य र मोडल तथा गायक चक्र बमको आवाज रहेको गीत ‘टिकटक चलाउने’ ले बजारमा चर्चा पाइरहेको छ । गायिका भावना आचार्यकै शब्द रहेको गीतमा कमल जिसीको संगीत तथा नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ ।

‘टिकटक चलाउने’ गीतको म्यूजिक भिडियोमा गायिका आचार्यको साथमा गायक चक्र बम, अस्मिता पुरी र शिव क्षेत्रीको अभिनय रहेको छ । अजय रेग्मीले छायाँकन गरेको भिडियोलाई विकास धमालाले सम्पादन गरेका हुन् । भिडियोको निर्देशन भने देवेन्द्र पाण्डेले गरेको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]