काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा नेदरल्यान्ड्सको शानदार जित भएको छ ।
ह्युस्टन स्टेडियममा भएको खेलमा नेदरल्यान्ड्सले स्विडेनलाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।
कोडी गाक्पो र ब्रायन ब्रोबेयले समान दुई–दुई गोल गरे भने क्रिसेन्सियो समरभिलले एक गोल गरेका थिए ।
खेलको पाँचौँ मिनेटमै ब्रोबेयले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए । १७औँ मिनेटमा डेन्जेल डम्फ्रिसको क्रस डिफ्लेक्ट हुँदै ब्रोबेयको सामु पुगेपछि उनले दोस्रो गोल गरे ।
दोस्रो हाफ सुरु भएको दुई मिनेटमै गाक्पोले नेदरल्यान्ड्सको अग्रता ३–० बनाए । ५४औँ मिनेटमा गाक्पोले दोस्रो गोल गर्दै स्कोर ४–० पु¥याए ।
५९औँ मिनेटमा स्विडेनका वैकल्पिक खेलाडी एन्थोनी एलाङ्गाले उत्कृष्ट फिनिसिङमार्फत एक गोल फर्काए ।
तर खेलको अन्त्यतिर समरभिलले गोल थप्दै नेदरल्यान्ड्सको ५–१ को शानदार जित सुनिश्चित गरे ।
यो नतिजासँगै नेदरल्यान्ड्स चार अंकसहित समूहको शीर्ष स्थानमा पुगेको छ ।



