" /> गायक गणेश गुरुङ र गायिका विद्या गुरुङको ‘पिपलु छायाँ’ – News Of Global

News Of Global मंगलबार, भाद्र ०८, २०७८

काठमाडौं । लोकप्रिय गायक कौडा किङ गणेश गुरुङ र गायिका विद्या गुरुङको स्वर रहेको नयाँ गीत ‘पिपलु छायाँ’ सार्वजनिक भएको छ । लोकदोहोरीमा ख्याति कमाएका गायक गुरुङ आधुनिक गायनमा पनि उत्तिकै सक्रिय छन् । चलचित्र, आधुनिक र लोक शैलीका गीतमा उनको सिर्जना क्षमता अब्बल छ । बहुप्रतिभाशाली गायक गणेश गुरुङकै शब्द संगीतमा रहेको गीत ‘पिपलु छायाँ’ आधुनिक शैलीमा भए पनि मायाप्रेममा सन्देश बोकेको देखिन्छ । एक दिन मरेरै जानुपर्छ ह्दय सफा होस् भन्ने सन्देश दिँदै बृद्धको कसम खाएर मायाप्रेममा समर्पित भएको पाइन्छ ।

गुरुङको आफ्नै आधिकारिक युट्युब च्यानल गणेश गुरुङबाट शनिबार साँझ गीत सार्वजनिक भएको हो। यस गीतको म्युजिक भिडियोमा निर्देशन गुरुङ चलचित्रका चर्चित निर्देशक प्रितम गुरुङको निर्देशन रहेको छ ।

म्युजिक भिडियोमा गणेश गुरुङसँगै गायिका बिद्या गुरुङ, आईतराम गुरुङ, सुन्दर लामा, जोनिशा गुरुङ, अस्मिता गुरुङ र प्रेरणा गुरुङको अभिनय देख्न सकिन्छ । भिडियोलाई खेम थापा मगरले छायाँकन गरेका हुन् भने मेक बहादुर थापाले सम्पादन गरेका छन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]