" /> कांग्रेसले वडा सदस्य र क्षेत्रीय प्रतिनिधिमा समावेशी समूहलाई अनिवार्य गर्ने – News of Global

News of Global बिहिबार, भाद्र १७, २०७८

काठमाडौँ । नेपाली कांग्रेसले समावेशी समूहको वडा कार्यसमिति सदस्य वा क्षेत्रीय प्रतिनिधि नहुने अवस्था विद्यमान भएमा सो समूहबाट एक जना वडा कार्यसमिति सदस्य र एक जना क्षेत्रीय प्रतिनिधि थप व्यवस्था गर्ने निर्णय गरेको छ ।

कांग्रेसले महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, मुस्लिम, थारु, अल्पसङ्ख्यक वा अपाङ्गता भएका व्यक्तिसहित समावेशी समूहमा राखेको छ । हालको व्यवस्थाअनुसार कुनै पनि समूहको उल्लेखित पदमा प्रतिनिधित्व नहुने अवस्था भएमा सो वडामा सो समूहबाट क्रियाशील सदस्य रहेको खण्डमा एक जना वडा कार्यसमिति सदस्य र एक जना क्षेत्रीय प्रतिनिधि थप व्यवस्था गर्ने आज निर्णय गरिएको हो ।

कांग्रेसले शुक्रबारदेखि प्रारम्भ हुन लागेको गाउँ÷नगर वडा अधिवेशनको पूर्वसन्ध्यामा सो व्यवस्था गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यसअघि प्रतिनिधित्वको अनुसूचीसम्बन्धी व्यवस्थासमेतको निर्वाचन निर्देशिका कांग्रेस कार्यसमितिको बैठकमा प्राप्त सुझावसमेतलाई ध्यानमा राखी सहमतिमा टुङ्गो लगाई पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने गरी भनी गरिएको निर्णयका आधारमा आजको निर्णय गरिएको हो ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]