" /> निर्देशक सुदर्शन थापा र मोडल सुप्रिया कटवालले गरे इन्गेजमेन्ट – News Of Global

News Of Global सोमबार, भाद्र २१, २०७८

काठमाडौं । निर्देशक सुदर्शन थापा र मोडल तथा समाचारवाचिका सुप्रिया कटवालले इन्गेजमेन्ट गरेका छन् । सुदर्शनले आज मोडल तथा समाचार वाचिका सुप्रिया कटुवालसँग इन्गेजमेन्ट गरेका हुन् । सुदर्शन र सुप्रिया विगत ६ महिनादेखि प्रेम सम्बन्धमा थिए । सुदर्शन र सुप्रियाले काठमाडौंको एक होटलमा नजिकका आफन्तको उपस्थितीमा इन्गेजमेन्ट गरेका हुन् । सुदर्शनले आज परेको आफ्नो जन्मदिनको अवसरमा जीवनको नयाँ यात्रा सुरु गरेका छन् । सुदर्शन र सुप्रियाको बिहे भने असोजको २२ गते हुनेछ ।

सुप्रिया केही बर्ष अगाडिसम्म म्यूजिक भिडियो अभिनयमा व्यस्त थिइन् । उनले दर्जनौ म्युजिक भिडियो र केही सिरियलमा पनि अभिनय गरेकी छिन् । सुप्रियाले ‘रातो टिका, नयनको बाटो, के यो माया हो, कर्मै खोटी, ब्यूटी नम्बर १, मरुभुमी, जब जब’ लगायतका गीतका भिडियोमा अभिनय गरेकी छिन् ।

सुदर्शन र सुप्रिया केही महिनादेखि डेटमा रमाइरहेपनि उनीहरुले सम्बन्धलाई भने गोप्य राखेका थिए । सुप्रिया र सुदर्शनको इन्गेजमेन्टमा कलाकार राज कटुवाल र नायिका वर्षा सिवाकोटी पनि उपस्थित थिए ।

नेपाली चलचित्र क्षेत्रमा निर्देशक सुदर्शन थापा लभ स्टोरी चलचित्र निर्देशनमा माहिर मानिन्छन् । ‘मेरो एउटा साथी छ’देखि सुरु भएको सुदर्शनको चलचित्र निर्देशन यात्रा ‘म यस्तो गीत गाउँछु २’ सम्म आइपुग्दा झनै उचाइमा पुगेको छ ।

चलचित्र ‘मेरो लभ स्टोरी, मधुमास, प्रेमगीत, म यस्तो गीत गाउँछु, रामकहानी, म यस्तो गीत गाउँछु २’ लगायतका लभ स्टोरी चलचित्र निर्देशन गरेका सुदर्शनले पर्दामा थुप्रै जोडीको प्रेम र विछोडको कथा देखाएका छन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]