News Of Global बुधबार, बैशाख ०३, २०७७

चितवन । चितवनको रत्ननगरमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गर्दा एक जनामा एन्टीबडी पोजेटिभ देखिएको छ । बुधबार रत्ननगर नगरपालिकाका ३९ जनाको आरडीटी विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा ४७ वर्षका पुरुषमा पोजेटिभ नतिजा देखिएको हो ।

हाल उनलाई रत्ननगरकै गुञ्जमान सिंह अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । उनको अवस्था सामान्य रहेको र कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको अस्पतालका प्रशासन प्रमुख मोहन खड्काले जानकारी दिए । रत्ननगर नगरपालिकाकै बासिन्दा ती व्यक्ति ३२ दिनअघि दक्षिण कोरियाबाट नेपाल आएका थिए । उनको प्रयोगशाला परीक्षणका लागि स्वाब संकलन गरी भरतपुर कोरोना प्रयोगशालामा पठाइएको छ ।

रत्ननगर नगरपालिकाको वडा नम्बर १० देखि १६ सम्म विदेशबाट आएका र उनीहरुको सम्पर्कमा रहेकाहरुको मंगलबार र बुधबार आरडीटी विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको थियो । त्यस क्रममा एक जनाको मात्र नतिजा पोजेटिभ आएको हो । सात जनाको स्वाब संकलन गरी भरतपुरको कोरोना प्रयोगशालामा पठाइएको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]