" /> ‘उडायो सपना सबै हुरीले’ सँगै गुञ्जिए मुरलीधर – News of Global

News of Global शनिबार, बैशाख २४, २०७९

काठमाडौं । गायक, गजलकार तथा संगीतकार मुरलीधरको हिजो शुक्रबार ‘एकल गायन साँझ’ सम्पन्न भएको छ ।

शुक्रबार साँझबाट ६ देखि ७ बजेसम्म भएको सो एकल साँझमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो ।

नेपाल केन्द्रको आयोजनामा काठमाडौँको बत्तीसपुतलीस्थित बाजेको सेकुवामा भएको सो कार्यक्रममा नेपाली कला र साहित्यलाई माया गर्ने दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो ।

नेपाली कला, सभ्यता, संस्कृतिप्रतिको प्रेमलाई आफ्नो अभिनय र सिर्जानामार्फत व्यक्त गर्न पोख्त रहेका मुरलीधर लामो समयसम्म देश बाहिर रहेर फर्कँदा पनि दर्शक तथा स्रोताको उस्तै माया पाउँदा निकै हर्षित देखिन्थे ।

वर्तमान समयमा पुराना कलाकार, शास्त्रीय संगीत ओझेलमा पर्ने संकेत देखिएको बेला शास्त्रीय संगीतलाई जीवित राख्नका मुरलीधरको निकै योगदान मानिन्छ ।

उनले ‘उडायो सपना सबै हुरी’, ‘निष्ठरीलाई माया गरी’,‘चिसो चिसो सिरेटोमा’ लगायतका थुप्रै गीत गाएका छन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]