काठमाडौं । संगीत तथा चलचित्र उत्पादक समाजमा सूर्य मगरको नेतृत्व आएको छ । यो भन्दा अगाडिको निर्मल ढकालको नेतृत्वमा रहेको कार्यसमितिमा उपाध्यक्ष रहेका सूर्य मगरको नेतृत्वमा संगीत तथा चलचित्र उत्पादक समाजले नयाँ नेतृत्व चयन भएको हो ।

संगीत तथा चलचित्रका उत्पादकहरुको साझा संस्थाका रुपमा स्थापना भएको यो संस्थाको रुपमा परिचित यो संस्थामा सूर्य मगरको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्वत चयन भएको हो । समाजको उपाध्यक्षमा हुम गैरे, महासचिवमा सुनिल लामिछाने, सचिवमा छविराज ओझा, कोषाध्यक्षमा मेगराज मगराती चयन भएका छन् । त्यस्तै सदस्यहरुमा तोरण बहादुर गुरुङ (शशी), रुकमान लिम्बू, उमेश गुरुङ, धन ज्ञाङ्मी रहेका छन् ।

Nepal Telecome

नेपाल प्रतिलिपि रजिष्ट्रार कार्यालयका रजिष्ट्रार विष्णु कुमारी भट्टराईको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, संगीत रोयल्टी संकलन समाजमाका अध्यक्ष सुरेश अधिकारी, प्रस्तोता समाजका अध्यक्ष शिव हमाल, उद्योग वाणिज्य महासंघका हेमराज ढकाल लगायतका अतिथिहरुको उपस्थितिमा ५,६ र सातौं साधारणसभा सम्पन्न भएको हो ।