सर्लाही । प्रतिनिधि सभा सदस्य निर्वाचनको संघारमा सर्लाहीमा नेपाली कांग्रेसलाई ठूलो झट्का लागेको छ ।
कांग्रेसको प्रभाव क्षेत्र मानिँदै आएको रामनगर गाउँपालिका– २ खैर्वा इनर्वाबाट करिब चार सय कार्यकर्ताले सामूहिक रूपमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् ।
शनिबार एक कार्यक्रमकाबीच पूर्व संविधानसभा सदस्य शिवपुजन राय यादवले नवप्रवेशीहरूलाई टीका, माला र अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए । उनले एमालेले अघि सारेको विकास र सुशासनको एजेन्डालाई जनतामाझ थप प्रभावकारी रूपमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

स्थानीय तहमा भएको यस सामूहिक प्रवेशलाई आसन्न निर्वाचनसँग जोडेर हेरिएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार यस घटनाले एमाले उम्मेदवार अमनिस यादवलाई सर्लाही क्षेत्र नम्बर ४ मा थप बल पुगेको छ ।
निर्वाचन नजिकिँदै जाँदा दलहरूबीचको प्रतिस्पर्धा तीव्र बन्दै गएको छ भने सर्लाहीको चुनावी समीकरण दिनप्रतिदिन रोचक बन्दै गएको छ ।