" /> कार्यक्रममा प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी – News Of Global

News Of Global सोमबार, साउन ०९, २०७९

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित कार्यक्रममा प्रधानमन्त्रीविरुद्ध नाराबाजी भएको छ ।

सोमबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको राष्ट्रिय विभूति भीमसेन थापाको २४८ औं जन्मजयन्तीको अवसरमा आयोजित ‘भीमसेन थापा स्मृति पुरस्कार’ प्रदान समारोहमा केही युवाहरुले प्रधानमन्त्री देउवाको विरुद्धमा नाराबाजी गरेका थिए ।

उनीहरुले राष्ट्रिय एकताको रक्षा गरौं, स्वाधीनताको रक्षा गरौं, नागरिकता विधेयक खारेज गरजस्ता नारा लगाएका थिए । उनीहरुले प्रधानमन्त्री देउवालाई एमसीसीको मतियारसमेत भनेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले भीमसेन थापाजस्ता वीरहरुको विषयमा नयाँ पिढीलाई जानकारी गराउन आवश्यक रहेको बताए । उनले वीर शहीदहरुको अध्ययन, अनुसन्धान र प्रचार गर्नुपर्ने आवश्यकता रहेको बताए ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]