काठमाडौं । आन्तरिक बिबाद मिलाउन नस्कदा नेकपा मा भाँडमैलो मच्चिएको छ । केपि ओलि र पुष्पकमल दाहालको शक्तिको बल देखाउँदा नेकपामा संसद बिघटन हुन पुग्यो । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संसद विघटन गरेकी हुन् । मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनुभएको थियो । प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष संसद विघटनको सिफारिस गर्नुभएको हो ।

Nepal Telecome

अति बेला कोभिड–१९ सँग जुदिरहेको बेला संसद बिघटन गर्नु उचित थियो र ? देश बिकास गर्न आउनु भएका केपि ओलीले एक्कासी रुपमा संसद बिघटन गर्दा नेपाली राजनीतिमा कोलाहल मच्चिएको छ । त्यस माथि कोभिड–१९को सामना गरदै देशको अर्थतन्त्र धराप भएकोे बेलामा संसद बिघटन र चुनाबि माहोल बनाउनु केपि ओलीको गल्ती वा ठिक ?
संसद विघटनको प्रस्ताव लिएर राष्ट्रपति निवास शितलनिवास पुगेका प्रधानमन्त्री ओलीले आम चुनाव २०७८ बैशाख १७ र २७ गते गर्ने प्रस्ताव गरेको छन् । चुनाबमा नेकपाको हार जित भने चुनाबि माहोल हेर्न बाँकी छ । चुनाबको मिति समेत घोषण भइसकेको अवस्थामा अबको नेकपा को भविष्य के होला सबैको चासोको बिषय बनेको छ । संसद बिघटन हुनु भनेको अन्य राजनैतिक पार्टीलाई फाइदा पुग्नु हो ।

आगामी चुनाबको जस्तो माहोल बनाउनको लागि नेकपालाई कठिनाइ अवस्था आउन सक्ने निश्चित छ । संसद बिघटनमा नेकपा कै नेता टुटफुट भइसकेको छ । पार्टीबाट कारबाही गर्ने भनाइले केपि ओलीलाई के कस्तो असर परला त ? केपि ओली समुहले नयाँ पार्टीको स्थापना गरला वा नेकपा मै रहलान् त ?
नेपालि जनताको घर घरमा कुन एजेन्डा लिएर आउलान त अघिल्लो चुनाबको एजेन्डामा कुनै पनि कार्यान्वयमा आएको देखिंदैन । दाहाल निकटले ओलीलाई स्थायी कमिटी बैठकबाट साधारण सदस्यसमेत नरहने गरी अनुशासनको कारबाही गर्न गरिएको प्रस्तावलाई मंगलबारको केन्द्रीय कमिटीबाट अनुमोदन गर्न दाहाल समूह लागेपछि ओलीले त्यसअघि नै अर्का अध्यक्ष प्रचण्डलाई अनुशासनको कारबाही गरेको अनुमोदन गराउँदैछन् । अबको नेकपा नेकपा नै रहन्छ। वा दुइ पार्टी हुन्छ भाबि योजना के कस्तो हुन्छ समयले देखाउला ।