काठमाडौं । आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को ‘जुरी’ प्रमुखहरु मनोनित गरिएको जानकारी गराउँछौं । यसरी मनोनित हुनु हुनेमा फिचर फिल्म तर्फको प्रमुखमा भारतीय फिल्मका ख्यातिप्राप्त लेखक तथा समीक्षक प्रेमेन्द्र मजुमदार रहेका छन् भने छोटो तथा डकुमेन्ट्री फिल्म तर्फको प्रमुखमा ‘बेइजिङ फिल्म एकेडेमी’की डिन ली रान लाई चयन गरिएको निफका अध्यक्ष केपी पाठकले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

प्रेमेन्द्र मजुमदार भारतीय चलचित्र जगतमा पुनर्जागरण ल्याउने व्यक्ति मानिन्छन् । फिल्म समालोचना, लेखन, क्युरेटिङ तथा परामर्शका क्षेत्रहरूमा प्रेमेन्द्रले आफूलाई विश्वव्यापी फिल्म समुदायको आवाजको रूपमा स्थापित गरेका छन् ।

चलचित्र र सामाजिक गतिशीलताको राजनीतिमा विचार–उत्प्रेरक व्याख्यानहरू दिनेदेखि लिएर दक्षिण एसियाली स्वतन्त्र सिनेमाका नवीनतम प्रवृत्तिमा प्रेमेन्द्रको योगदान प्रभावकारी रहेको छ । प्रेमेन्द्रलेअन्तर्राष्ट्रिय फिल्म फेष्टिभल कान्स र काइरो अन्तर्राष्ट्रिय फिल्म क्रिटिक्स सप्ताह लगायतका निकै प्रतिष्ठित फिल्म महोत्सवहरूमा ओजनदार उपस्थिती जनाएका छन् ।

Nepal Telecome

प्रेमेन्द्रको सबैभन्दा उल्लेखनीय उपलब्धिहरू मध्ये एक बृहत्त अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सुरुवात हो, जुन भारतका ४० भन्दा बढी शहरहरूमा प्रदर्शन गरिन्छ । सन् २०१५ मा कोलकातामा उद्घाटन गरिएको यो महोत्सव एक प्रमुख सांस्कृतिक कार्यक्रम भएको छ, जसले विश्व सिनेमाका उत्कृष्ट फिल्मलाई देशभरीका दर्शक माझ पुर्याउँछ ।

भनिन्छ, ज्ञान, जोश र समर्पणको संयोजनले प्रेमेन्द्रलाई विश्व चलचित्रको राजदुत बनाएको छ ।

त्यसैगरी ‘इन्टरनेशनल स्कूल अफ बेइजिङ फिल्म एकेडेमी’की डीनलि रानफिल्म मार्केटिङ र वितरण पक्षको ज्ञाता मानिन्छिन् । उनी अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको आयोजना र क्युरेटिङमा निकै अनुभवी छिन् । उनले चलचित्रसँग सम्बन्धित धेरै कार्यक्रमको प्रमुख आयोजकको रुपमा समेत अनुभव बटुली सकेकिछन् ।

लि रान सन् २०१४ देखि बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (द्यव्क्ष्ँँ) को मुख्य प्रतिस्पर्धा इकाईको निर्देशक, ०१५ मा प्राथमिक र माध्यमिक विद्यालयका विद्यार्थीहरूको लागि पहिलो राष्ट्रिय चलचित्र सप्ताहको कार्यकारी निर्देशक, २०१६ र ०१८मा सिल्क रोड अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको प्रतिस्पर्धा विभागको निर्देशक, २०१७ देखि अन्तर्राष्ट्रिय विद्यार्थी चलचित्र र भिडियो महोत्सव(क्ष्क्ँख्ँ)कोकार्यकारी अध्यक्ष लगायतको जिम्मेवारीमा छिन् ।

यसअघि ‘निफ’को जुरीमा फिचर फिल्म तर्फ चर्चित अभिनेत्री प्रियंका कार्की र छोटा तथा डकुमेन्ट्री तर्फको जुरी कमिटीमा माया एकेडेमीका इन्द्र लाल बलामीलाई मनोनित गरिएको यहाँमा विदितै छ ।

यस बर्ष ‘निफ’मा छनौट भएर दोस्रो चरणमा आइपुगेका ३५ देशका ९५ लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र मध्येबाट ७ विधामा १४ वटा पुरस्कार वितरण गरिने छ । ‘निफ’मा एक दर्जन बढी रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तरक्रिया) समेत आयोजना गरिने छ ।