काठमाडौं । गायक शिव परियार र गायिका जुना प्रसाईंको स्वरमा रहेको नयाँ गीत ‘नूतन’ सार्वजनिक गरिएको छ। गीतकार नूतन भुसालको शब्द एवं हरि लम्सालको संगीतमा रहेको गीत हो नूतन ।
गीत सार्वजनिकपछि सामाजिक सञ्जालमार्फत गायक परियारले कोरोना भाइरसको प्रभावबाट घरमै बसिरहेका दर्शक स्रोताका लागि नयाँ सांगीतिक कोसेली पस्किएको जानकारी गराएका छन्। उनले लेखेका छन्, ‘लकडाउनमा अलिकति राहत मिलोस् सबैलाई।’

Nepal Telecome

म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गीतको भिडियोमा निशान शेर्पा र एलिना थापामगरको अभिनय रहेको छ। हाङ चेमजोङको निर्देशनमा बनेको भिडियोलाई दीपक पौडेल खिचेको हुन् भने एसआर राणाले सम्पादन गरेका हुन्।