" />
गोरखा– जितगढी पदयात्रामा निस्कियो नेपाली सेनाको टोली
गोरखा । नेपाली सेनाले गोरखादेखि रुपन्देहीको जितगढीसम्म पदयात्रा सुरु गरेको छ । तत्कालिन गोरखाका राजा पृथ्वीनारायण शाहले राज्य विस्तारका क्रममा प्रयोग गरेको बाटोमा नेपाली सेनाले बुधबारदेखि पदयात्रा सुरु गरेको हो ।
नेपाली सेनाको अगुवाइ एवं गोरखा र पालुङटार नगरपालिकाको सहकार्यमा सुरु भएको यात्रामा क्याप्टेन राजकुमार श्रेष्ठको नेतृत्वमा ४८ जना सहभागी छन् ।