" /> अभिनेत्री मिरुना युनियन फिल्म फेस्टिभलको एम्बेसडर – News of Global

News of Global शुक्रबार, बैशाख ०८, २०८०

अभिनेत्री मिरुना मगरलाई यस वर्षको नेपाल युरोपियन युनियन फिल्म फेस्टिभलमा एम्बेसडरमा नियुक्त गरेको छ। नेपालस्थित युरोपियन युनियनको कार्यालयले यसबारे जानकारी दिंदै ‘कबड्डी ४’ र ‘जारी’ फेम्ड अभिनेत्रीलाई दूत नियुक्त गरेको जनाएको छ । यसपटक तीन ठाउँमा फेस्टिभल आयोजना हुँदैछ । २८ देखि ३० अप्रिलसम्म सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगर, मे ३ देखि ५ सम्म सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालय र मे १२ देखि १५ सम्म काठमाडौंस्थित चलचित्र विकास बोर्डको हलमा फेस्टिभल आयोजना हुनेछ । यस वर्षको संस्करणमा आठ युरोपेली र आठ नेपाली छोटा फिल्म देखाइने जनाइएको छ । सन् २०२३ लाई मानवअधिकारको विश्वव्यापी घोषणाको ७५ औं वार्षिकोत्सवका रूपमा मनाइँदै आएकाले यस वर्षको उत्सवको नारा ‘सबैका लागि मानवअधिकार मनाउने’ छनोट गरिएको फेस्टिभलद्वारा जारी वक्तव्यमा उल्लेख छ ।यस वर्षको संस्करणमा आठ युरोपेली र आठ नेपाली छोटा फिल्म देखाइने जनाइएको छ । सन् २०२३ लाई मानवअधिकारको विश्वव्यापी घोषणाको ७५ औं वार्षिकोत्सवका रूपमा मनाइँदै आएकाले यस वर्षको उत्सवको नारा ‘सबैका लागि मानवअधिकार मनाउने’ छनोट गरिएको फेस्टिभलद्वारा जारी वक्तव्यमा उल्लेख छ । गत वर्ष अभिनेत्री केकी अधिकारी फेस्टिभल दूत नियुक्त भएकी थिइन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]