काठमाण्डौ । राष्ट्रिय युवा परिषदको कला साहित्य सञ्जाल र राष्ट्रिय लोकसाँस्कृतिक संघको आयोजनामा युवा र संस्कृति विषय एक दिवसीय अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय नाचघर जमलमा समपन्न भएको उक्त कार्यक्रममा विविध साँस्कृतिका कार्यक्रम सहितको अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय युवा परिषद, कला साहित्य सञ्जालका अध्यक्ष सुवोध गौतमको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय युवा परिषदका कार्यकारी अध्यक्ष सुरेन्द्र बस्नेत प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रममा आइएलओको तर्फबाट सरिता दाहाल र संस्कृतिविद् आरसी न्यौपानेले युवा र संस्कृतिको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै संगीत रोयल्टी संकलन समाजका कार्यवाहक अध्यक्ष चन्द्र शर्माले कार्यपत्र माथि टिप्पणी गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय लोक साँस्कृतिक संघका बरिष्ठ उपाध्यक्ष, चर्चित गायक तथा संगीतकार अमृत खाती, गायिका श्रीदेवी देवकोटा, रोशनी रसाईली,राजेन्द्र गिरी, मिना गिरी सहीत नेरिक एकेडेमी शंखमुलका विद्याथीहरुको साँस्कृतिक प्रस्तुतीहरु रहेको थियो ।कार्यक्रममा कला साहित्य तथा संस्कृतिको क्षेत्रमा योगदान पुर्याउन गायक रामप्रसाद अवस्थी, युवा नेतृ तथा समाजसेवी जानुका पाठक र चर्चित गायक तथा संगीतकार सरोज विरही कार्कीलाई सम्मान प्रदान गरिएको छ । कार्यक्रममा कलाकार तथा पत्रकारहरुको भव्य सहभागीता रहेको थियो भने कार्यक्रमको सञ्चालन गीतकार विपिन किरणले गरेका थिए ।

Nepal Telecome