News Of Global सोमबार, जेठ १९, २०७७

एजेन्सी । अमेरिकामा अश्वेत जर्ज फ्लोइडको मृत्युपछि अमेरिकामा विरोधले दिन प्रतिदिन उग्र रुप लिइरहेको छ । राजधानी वासिङ्टन डिसीसमेत ४० शहरमा कर्फ्यू लगाइएको छ । आइतबार राती पनि प्रदर्शनकारीले ह्वाइट हाउसको अगाडि ठूलै प्रर्दन गरे तसर्थ सुरक्षाबलले अश्रु ग्यास प्रहार गरे । न्यूयोर्क टाइम्सका अनुसार शुक्रबार ह्वाइट हाउसको अगाडि प्रदर्शनको क्रममा राष्ट्रपति डोनल्ड ट्रम्पलाई केही बेरका लागि अन्डरग्राउन्ड बंकरमा लगिएको थियो ।

समाचार च्यानल सिएनएनका अनुसार वासिङ्टनसमेत १५ शहरमा करिब ५ हजार नेशनल गार्ड तैनाथ गरिएको छ । आवश्यक पर्ने हो कि भनेर २ हजार गार्डलाई स्ट्यान्डबाई राख्न भनिएको छ ।

ह्वाइट हाउसमा सयौं प्रदर्शनकारी जुट्ने निर्णय गरेः

न्यूयोर्क टाइम्सले एक व्यक्तिलाई उद्धृत गर्दै एउटा रिपोर्ट प्रकाशित गरेको छ । यसअनुसार शुक्रबार ह्वाइट हाउसमा सयौंको संख्यामा प्रदर्शनकारी जम्मा भए । सुरक्षालाई मध्यनजर गर्दै ट्रम्पलाई एक घण्टाभन्दा कम समयका लागि एउटा अन्डरग्राउन्ड बंकरमा पुर्याइयो । प्रदर्शनकारीलाई हटाउनका लागि सिक्रेट सर्भिस र युनाइटेड स्टेट्स पार्क पुलिसले अत्यधिक मिहिनेत गर्नुपरेको थियो ।

पत्रिकाका अनुसार ह्वाइट हाउस बाहिर यति ठूलो संख्यामा प्रदर्शनकारी जुटेको देख्दा ट्रम्प चकित भएका थिए । यद्यपि, मेलानिया र ब्यारन ट्रम्पलाई बंकरमा लगे नलगेको बारे भने स्पष्ट जानकारी प्राप्त छैन ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]