राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार इटहरीमा चुनावी प्रचारप्रसारका लागि ‘हामी आयौँ परिवर्तनका लागि’ भन्ने नारासहित परिवर्तन उद्घोष सभा आयोजना गरेको छ । सभामा बालेन शाह र सभापति रवि लामिछाने सहभागी भएका थिए । सभामा पूर्वका विभिन्न जिल्लाबाट रास्वपाका उम्मेदवार, अगुवा नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति देखिएको थियो ।
