" />
ललितपुर । ललितपुरको इमाडोलमा असार ६ गते बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ललितपुर महालक्ष्मी नगरपालिका भित्रका ७६ जना रक्तदाताले रक्तदान गरेको उक्त कार्यक्रम नेपाली कांग्रेश महालक्ष्मी नगरपालिका समन्वय समिती २ २ ३ र ४ ललितपुरको आयोजना तथा नेपाल रेड्रक्रस सोसाईटी बालकोट उप शाखा भक्तपुरको समन्वयमा सम्पन्न भएको हो ।
प्रमुख अतिथिको रुपमा उपस्थित भएका नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बश्नेतले यो बिपदमा एक भएर अनेक उपाय सहित यो बिपदलाई जित्ने कोशीस गर्नुपर्ने र त्यसका लागि नेपाल तरुण दल सधैं जनताको साथमा रहेको बताए ।
सामाजिक दुरी कायम गरी १०० बढीको उपस्थिती रहेको बिर्हत रक्तदान कार्यक्रममा नेपाली कांग्रेशका महाधिबेशन प्रतिनिधि तथा प्रदेस सभा उमेद्ववार श्री पवन बिक्रम थापा,नेपाली नेपाली कांग्रेश क्षेत्र न २ का क्षेत्रीय सभापति महेश खड्का, कांग्रेश महालक्ष्मी नगरपालिका सभापति दिवाकर शिलवाल, नेपाल विद्यार्थीसँग ललितपुरका उपाध्यक्ष शुशिल खड्का, युबा नेता तथा समाज सेवी मंगलकुमार थापा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय सदस्य शङ्कर सिंह,लगायत दर्जनौ कांग्रेश सुभेच्छुकहरुको उत्साहजनक उपस्थिती रहेको थियो ।
कार्यक्रमको उद्घघाटनमा बोल्दै नेता पवन बिक्रम थापाले यो एकताको सन्देस अब पहाड जस्तो अटल र हावा जस्तो बेगवान बनेर देखिने कुरामा विश्वाश दिलाए ।
नेपाली कांग्रेश महालक्ष्मी नगरपालिका सभापति दिवाकर शिलवालले समेत आफ्नो मन्तब्य राख्दै रक्तदानलाई सानो कार्यक्रम नसोच्न सबैमा अपिल गरे ।
कार्यक्रमका सभापति श्री प्रकाश पराजुलीले रगत अभाबका कारण कसैको ज्यान नजावस भनेर यो बिपदमा यो कार्यक्रम गरिएको बताउँदै रक्तदान गरी जीवनदान गर्ने सबैलाई बिशेष धन्यवाद ब्यक्त गरेका छन् ।