होली पर्व सम्पन्न भएसँगै काठमाडौंको ऐतिहासिक बसन्तपुर दरबार क्षेत्रमा सरसफाइ गरिएको छ । रंग, अबिर, पानीका बोतल, प्लास्टिकका झोला तथा अन्य फोहोरले भरिएको क्षेत्रलाई बिहानैदेखि सरसफाइकर्मीहरूले सफा गरेका हुन् ।
विश्व सम्पदा सूचीमा सूचीकृत यस क्षेत्रमा युवायुवतीहरूको भीड, सांगीतिक कार्यक्रम र रंगीन उत्सवले दिनभर चहलपहल बढाएको थियो । होलीको उत्सव सकिएपछि भने सडक, मन्दिर परिसरमा छरिएका फोहोर संकलन गर्दै महानगरका कर्मचारीहरू समेत सक्रिय देखिएका छन् ।
