" />
वीरगञ्ज । पर्सामा एक जना पुरुषको शव फेला परेको छ । वीरगञ्ज–३२ पारसवाका ४७ वर्षीय सुरेन्द्र साह सोनारको शव फेला परेको हो । बाराको सिमरास्थित जगदम्बा स्टिलमा काम गर्ने सोनारको शव गाउँकै कुलोमा फेला परेको हो । गम्छाले घाँटी कसेको र दाहिने आँखामा चोट लागेको अवस्थामा शुक्रबार शव फेला परेको प्रहरीले जनाएको छ । रगत […]
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङको घरपजोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङबीच विवाह हुने भएको छ । सामाजिक परम्पराअनुसार उनीहरुबीच शुक्रबार विवाह हुने तयारी छ । विवाह समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पनि उपस्थित हुने जनाइएको छ ।
काठमाडौं। सातामा दुई दिन सार्वजनिक बिदा दिन बनेको सरकारी अध्ययन समितिले आफ्नो अध्ययन प्रतिवेदन सरकारलाई बुझाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्वमा बनेको अध्ययन समितिले सातामा दुई दिन बिदा दिन सम्भव रहेको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको हो। सातामा २ दिन बिदा दिन मिल्ने वा नमिल्ने विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय […]
काठमाडौं । ठमेल क्षेत्रका पर्यटन व्यवसायीले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । कोरोना भाइरसका कारण आठ महिनादेखि बन्द रहेको रात्रिकालीन व्यवसाय सामाजिक मापदण्ड पालना गरी सञ्चालन गर्न पाउनुपर्ने माग गरेका हुन् । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले लामो समयदेखि बन्द रहेको ठमेलको रात्रिकालीन व्यवसाय अब पनि नखोल्ने हो भने रोगलेभन्दा […]
काठमाडौं । हुम्लाको सिमकोटस्थित विमानस्थलमा बिहीबार बिहानै लागलागी भएको छ । विमानस्थलका प्रमुख बस्ने क्वाटरमा बिहानै अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नाउब उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदीले जानकारी दिए । ‘आगोको लप्काले विमानस्थल क्वाटरको भवन छिचोलेर बाहिर निस्केपछि मात्रै आगलागीका बारेमा जानकारी प्राप्त भयो,’ सुवेदीले भने, –अहिलेसम्म के कारणले आगो लाग्यो भन्ने […]
बुटवल । पाल्पा र स्याङजाका थप एकरएकजना कोरोना संक्रमितको उपचारको क्रममा पाल्पामा मृत्यु भएको छ । पाल्पाको बगनासकाली गाउँपालिका(१ का ३८ वर्षीय पुरुष र स्याङजाको गल्याङ नगरपालिका(४ का ३९ वर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो । मेडिकल कलेजका अनुसार पाल्पाका पुरुषमा मंसिर १२ गते कोरोना संक्रमण पुष्टि […]
काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सडक मानवमुक्त शहर निर्माणका लागि सरकारले काम गरिरहेको बताएका छन् । सोमबार गुरु नानक जयन्तिका अवसरमा काठमाडौंको बालाजु म्हेपीमा आयोजित कार्यक्रममा मन्त्री मानन्धरले सरकारले सडकमा अलपत्र अवस्थामा रहेकाहरुको व्यवस्थापनका लागि काम गरिरहेको बताएका हुन् । मानवताका लागि र मानव सभ्यताको विकासका गुरु नानकले देखाएको मार्गदर्शन अवलम्वन गर्न सक्नुपर्नेमा […]
काठमाडौं । नेपाल प्रहरीमा थप गरिएको एउटा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दीमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार साँझ गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । योसँगै हालका आईजीपी शैलेश थापा क्षेत्रीको अवकाश भएपछि महानिरीक्षक (आईजीपी) बन्नका […]
रुपन्देही जिल्ला भित्र बसोबास गर्ने सामाजिक ब्याक्तिहरुको भेलाले रास्ट्रिय मानब अधिकार प्रतिष्ठान रुपन्देही शाखा स्थापना गरि २०७७ मंसिर १३ गते शनिबार भेला बाट निर्बाचित १३ सदस्यिय संचालक समिति र सल्लाकारहरुको पदस्थापन एबम मानब अधिकारका बिषयमा प्रशिक्षण साथै प्रतिष्ठानका २५ जना सदस्यहरुलाई परिचय पत्र बितरण कार्यक्रम जिल्ला अध्यक्ष जितेन्द्र प्रसाद बन्जाडे (राजु बन्जाडे) को अध्यक्षतामा सम्पन्न […]
काठमाडौं । नुवाकोटको बेलकोट गाउँपालिकामा आज अपरान्ह हेलिकोप्टर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । बाग्लुङबाट यात्रु लिएर काठमाडौं फर्कदै गरेको हेलिकोप्टर नुवाकोट जिल्लाको बेल्कोट गाउँपालिका वडा नं ६ घ्याम्पेस्थित दाहाल डाँडामा दुर्घटनामा परेको हो । घट्नामा सबै यात्रुहरु सकुशल रहेको कैलाश एयरलाइन्सले जनाएको छ । काठमाडौं आउने क्रममा रहेको हेलिकोप्टरमा चरा ठोक्किर क्षति […]