" /> News – Page 47 – News of Global
काठमाडौं–तराई मधेस द्रुतमार्गको भौतिक प्रगति सुस्त

काठमाडौं : काठमाडौंलाई तराईसँग छोटो दूरीमा जोड्ने काठमाडौं–तराई मधेस द्रुतमार्गको भौतिक प्रगति सुस्त देखिएको छ। नेपाली सेनाले जिम्मा लिएर काम सुरु गरेको चार वर्ष पुग्दा पनि सडकको प्रगति सुस्त देखिएको हो। सेनाका अनुसार हालसम्म भौतिक प्रगति १६.२ प्रतिशत छ। वित्तीयतर्फ ९.५२ प्रतिशत छ। आयोजनामा हालसम्म १६ अर्ब ६६ करोड रुपैयाँ खर्च भइसकेको छ। यसको लागत […]

ओलीसँग माओवादी पक्षभन्दा आफ्नै कार्यकर्ता बढी आक्रमक

काठमाडौं । सत्तारुढ नेकपाभित्र आन्तरिक विवाद चर्कदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले आ–आफ्नो गुटको भेला तथा प्रशिक्षण कार्यक्रमलाई तीव्र बनाएका छन् । गुट भेला र प्रशिक्षणमार्फत दुवै पक्षीय शक्ति सञ्चयमा जुट्ने क्रममा सुनसरीको इटहरीमा कार्यकारी अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल पक्षीय भेला भएको छ । […]

कोरोनाको समयमा भिजिट भिसाको माध्यमबाट ठगी

काठमाडौं । एक वर्षअघि संयुक्त अरब इमिरेट्स (यूएई) गएका ४० युवा अहिले न्याय माग्दै वैदेशिक रोजगार विभाग धाइरहेका छन् । ओशो रिक्रुटमेन्टले ड्राइभिङका लागि भन्दै अढाईदेखि ३ लाख रुपैयाँसम्म असुलेर यूएईमा पुर्‍याएका उनीहरुमध्ये धेरैले कामै पाएनन् । काम पाएकाले पनि भनेअनुसार तलब, कमिसन र वर्किङ आवरसहितका सेवा सुविधा पाएनन् । कोरोना महामारी सुरु भएपछि नेपाल […]

सुनको मूल्यमा तीन हजार घट्यो

काठमाडौं । यो साता नेपाली बजारमा सुनको भाउ ओरालो ट्रेण्डमा रह्यो । साताको पहिलो दिन ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको भाउ साताको अन्त्यमा तीन हजार रुपैयाँले घटेर ९१ हजार तीन सय रुपैयाँमा झर्यो । एक साता अवधिमा चाँदीको मूल्यमा पनि प्रतितोला ४५ रुपैयाँको गिरावट देखियो । घट्दो मूल्य र विवाहको सिजन लगायतका […]

ठूलो एकादशीमा दिइयो सार्वजनिक विदा

सिन्धुली । दुधौली नगरपालिकाले ठूलो एकादशीमा आज सार्वजनिक बिदा दिएको छ । यस दिन दुधौली नगरपालिकामा बसोबास गर्ने दनुवार समुदायले धुमधामका साथ एकादशी पर्व मनाउने भएकाले नगरपालिकाले स्थानीय बिदा दिएको हो । नगरपालिकामा ठूलो सङ्ख्यामा बसोबास गर्ने दनुवार समुदायले यस पर्वलाई विशेष महत्वका साथ मनाउने गरेको हुँदा नगरपालिकाले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको नगरपालिकाका […]

बलात्कार गर्नेलाई सजायँ बढाइयो, मिलापत्र गराउनेलाई ३ वर्ष जेल

काठमाडौं । बलात्कारमा संलग्नको सजाय बढाउने र मिलापत्र गराउनेलाई अपराध कानूनको दायरामा ल्याउने गरी सरकारले अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिएकी छन् । राष्ट्रपतिबाट प्रमाणित भए पछि लागू हुनेछ । कानून मन्त्रालय स्रोतका अनुसार जेष्ठ नागरिक ऐन, मुलुकी अपराध संहिता […]

४९ लाख ४९ हजारमा किनेको गाडीको मर्मत खर्च ५८ लाख ६९ हजार

सुर्खेत । कर्णाली प्रदेशसभाका सांसद यमलाल कँडेललाई प्रदेशसभाले उपलब्ध गराएको गाडी मर्मतका लागि खरिद मूल्यभन्दा बढी लाग्ने भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद कँडेलले प्रयोग गर्दै आएको बा २ झ ३९७० नम्बरको स्कोरपियो ६ जेठमा चितवन, दासढुंगा नजिकै दुर्घटना भएको थियो । दुर्घटनापछि मर्मतका लागि भैरहवास्थित समृद्धि इन्टरप्राइजेज कम्पनीमा राखिएको थियो […]

तिहार पर्ब-२०७७ को शुभकामना – फेशन डिजाईनर गोमा अधिकारि धिताल

नेपालीहरूको महान चाड तिहार सुरु भएको छ । तिहार पारिवारिक रूपमा दिदीबहिनी र दाजुभाइको पुनर्मिलनको, सामाजिकरूपमा सद्भाव अभिवृद्धिको चाड हो । तिहार उज्यालोको चाड हो । दीपको उज्यालोमा धनकी देवी लक्ष्मीको पूजाआराधना हुन्छ । तिहारको देउसी–भैलो सामाजिक सद्भाव र पुनर्मिलनको प्रतिक हो । दीपावलीको उज्यालोले स्वतः उज्ज्वल भविष्यको कामना गर्छ । तिहार फूलको चाड हो […]

कस्तो कांग्रेस, कसको नेतृत्व – युवा नेता राम बहादुर बस्नेत

काठमाडौँ -नेपाली भूमिमा सम्पन्न परिवर्तनका प्रत्येक निर्णायक एवं लोकतान्त्रिक आन्दोलनहरुको सफल अगुवाइ गरेको पार्टी नेपाली कांग्रेस आफ्नो आन्तरिक जीवनमा महत्वपूर्ण मानिने १४ औं महाधिवेशनको तयारीमा जुटेको छ । नेपालको राजनीतिमा यसले छुट्टै महत्व वोकेको छ । जननायक वी.पी. कोइरालाले नेपालमा प्रजातन्त्रको जग वसाल्ने काम गर्नुभयो भने गिरिजा प्रसाद कोइरालाले मुलुकमा शान्ति स्थापना गर्ने कामको नेतृत्व […]

तीनकुनेमा जाम कम गर्न नयाँ पुलको अवधारणा

लामो समयदेखि निर्माण अवरुद्ध तीनकुनेस्थित वाग्मती पुल नयाँ प्रक्रियाबाट बनाइने भएको भएको छ । निर्माणमा संलग्न कम्पनी पप्पु कन्स्ट्रक्सन प्रालिसँगको ठेक्का सम्झौता तोडेसँगै नयाँ प्रक्रियाबाट बनाउन लागिएको हो । अब १५÷२० दिनमा ठेक्का सम्झौता हुने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । समयानुसार बजार भाउ बढ्दा पहिलेभन्दा बजेट बढ्नेछ । पुल ‘डिजाइन एण्ड बिल्ड’ […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]