काठमाडौं । प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना हालसम्म एक करोड सात लाख ३० हजार बढी भएको छ ।
निर्वाचन आयोगको अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५१ लाख ३६ हजार ६७४ मत पाएको छ ।
नेपाली कांग्रेसले १७ लाख ४८ हजार ३३६ मत पाएको छ भने नेकपा एमालेले १४ लाख ४८ हजार ४१२ मत प्राप्त गरेको छ ।
यस्तै, नेपाली कम्युनिस्ट पार्टीले आठ लाख चार हजार १७१ मत पाएको ।