बाजुरा । बाजुराका खेतबारीमा गहुँबाली लहलहाउँदो अवस्थामा छ।यहाँ किसानले पछिल्लो समय पासाङ्लामु, डब्ल्यु के बाह्र सय चौध, डाँफेमुनाल र स्वर्गद्धारी जातको गहुँ लगाउने गरेका छन् ।
अधिकांश किसान भने उही पुरानो स्थानीय जातको नै गहुँ लगाउने गरेका छन् । पछिल्लो समय यहाँका किसानले उन्नत जातको गहुँको बीउको प्रयोग गर्नाले बाजुरामा गहुँ उत्पादनमा वृद्धि हुँदै गएको छ ।

यो वर्ष अत्यधिक असिना पानी पर्दा गहुँ बालीमा असर परेको छ। गहुँ उत्पादनमा गिरावट आउने अनुमान समेत गरिएको छ । बाजुरामा २ लाख ३० हजार ३७ हेक्टर जमिन भए पनि यसमध्ये २२ हजार हेक्टर खेतीयोग्य जमिन छ ।
पाँच हजार २३५ हेक्टर जमिन मात्र वर्षभरिमा सिचाइ हुने गरेको छ । बाजुरामा १० हजार ४६० हेक्टरमा क्षेत्रफलमा गहुँ खेती गरिन्छ । भने सो जमिनबाट १७ हजार ७८२ मेट्रिक टन गहुँ उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

Nepal Telecome