काठमाडौं । कोरोनाभाइरस (कोभिड(१९) को उपचारका लागि तोकिएका आइसोलेसन र आइसियू बेडमा बिरामी भर्ना गर्दा काठमाडौं उपत्यकाका अस्पतालहरूले स्वास्थ्य मन्त्रालयको अनुमति लिनुपर्ने भएको छ।

Nepal Telecome

स्वास्थ्य मन्त्रालयले बिरामी कोभिड अस्पतालमा भर्ना गर्नुअघि स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइको क्लिनिकल मेनेजमेन्ट टिमबाट अनुमति लिनुपर्ने बताएको हो।

‘अस्पतालमा कोभिड– १९ को लागि छुट्याइएका आइसोलेसन तथा आइसयू बेडमा बिरामी भर्ना गर्नुपर्दा यस मन्त्रालयको एचओसीको क्लिनिकल मेनेजमेन्ट टिमको तपशिल बमोजिमका सम्पर्क नम्बरहरूबाट हुने सिफारिस र समन्वयमा मात्र भर्न गर्नु हुन निर्देशन गरिन्छ’, स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

स्वास्थ्य मन्त्रालयले कोभिड–१९ का बिरामीको उपचारका लागि भनेर निश्चित अस्पताल तोकेको छ।