बाजुरा । कक्षा १२ को वार्षिक परीक्षामा बाजुराबाट एक हजार बढी परीक्षार्थी सहभागी हुने भएका छन् । शैक्षिक सत्र २०८२ को २०८३ वैशाख १४ गते अर्थात् भोलीदेखि सुरु हुने वार्षिक परीक्षामा जिल्लाबाट कुल १ हजार ३ सय ८४ परीक्षार्थी परीक्षामा सहभागी हुने भएका हुन् ।

शिक्षा विकास तथा समन्वय इकाई बाजुराले कक्षा १२ को वार्षिक परीक्षा सो सङ्ख्याका विद्यार्थी सहभागी हुने जनाएको छ । जिल्लाभर कक्षा १२ को वार्षिक परीक्षा सञ्चालनका लागि ८ वटा परीक्षा केन्द्र तोकिएको छन् ।

८ वटा परीक्षा केन्द्रबाट करिब ३० वटा विद्यालयका विद्यार्थी सहभागी हुने छन्। भावोदय मावि नौ विस परीक्षा केन्द्रबाट ४ विद्यालयका १२४ जना,मालिका नमुना मावि मार्तडी परीक्षा केन्द्रबाट ४ विद्यालयका २२१ जना, जनप्रकाश मावि कोल्टीबाट ३ विद्यालयका ३८६ विद्यार्थी सहभागी हुने भएका छन् ।

Nepal Telecome

त्यस्तै स्वामिकार्तिक मावि वाई परीक्षा केन्द्रबाट ५ विद्यालयका दुई सय,मष्टेश्वरी मावि डोगडीबाट ४ विद्यालयका ६०, किर्तिचौर मावि कालादह परीक्षा केन्द्रबाट २ विद्यालयका ८३, तोली देवल डाँडा मावि तोलीबाट ११७ र कैलाश मावि महती परीक्षा केन्द्रबाट १९३ गरी कुल १ हजार ३८४ परीक्षार्थी सहभागी हुने छन् ।

परीक्षालाई,व्यवस्थित र मर्यादित बनाउन सम्पूर्ण तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाई बाजुराले जनाएको छ ।