काठमाडौं । सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार चार जनालाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन्।

Nepal Telecome

नवनियुक्त न्यायाधीशहरूमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारु, उच्च अदालत पाटनको हेटौँडा इजलासका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीश गोकर्ण डाँगी रहेका छन्।

यसअघि गत असोज २० गते बसेको न्याय परिषद्को बैठकले चारै जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो। उनीहरूको नामलाई संसदीय सुनुवाइ समितिले कात्तिक २१ गते सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो।