काठमाडौं । गीतकार कमल शर्मा आचार्यको नयाँ गीत मुया रानी सार्वजनिक गरिएको छ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त गीतलाई सार्वजनिक गरिएको हो । काठमाडौँको ज्ञानेश्वरस्थित होटल कावेरी इनमा आयोजित कार्यक्रममा उक्त गीतको श्रव्य दृश्यलाई सार्वजनिक गरिएको हो । कार्यक्रममा वरिष्ठ संगीतकार राजु सिंह, गीतकार संघ नेपालका अध्यक्ष वसन्त बित्यासी थापा, वरिष्ठ गीतकार आनन्द अधिकारी, नेपाल सरकारका सचिव अशोक क्षेत्री, पूर्व एआइजी श्याम ज्ञवाली, गायक तथा संगीतकार रेशम सापकोटा, गीतकार समुन बैरागी, मोडल सुरेश कोल्ही लगायतको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई स्वागत गर्दै गीतकार कमल आचार्यले माया गर्ने मान्छेले आफूले माया गरेको व्यक्तिलाई नभेट्दा र नदेख्दा मनमा उठ्ने भावनात्मक विबम्वलाई कलात्मक ढंगले चित्रण गरेको बताए । प्रेमिल संसारमा कहिल्यै अन्धकार नहोस् र प्रेमले जीवनलाई सदाबहार बनाइरहोस् भन्ने भाव गीतमा समेटिएको छ।

गीतमा गीतमा रामचन्द्र काफ्ले र दीपिका बयम्बु मगरको सुमधुर स्वर रहेको छ भने शब्द कमल शर्मा आचार्यले लेखेका हुन्। संगीत ऋषि खड्काले तयार पारेका हुन्। उनले आफ्नो श्रीमतीको जन्म दिनको अवसर पारेर गीतको भिडियो सार्वजनिक गरेका हुन्।

Nepal Telecome

म्युजिक भिडियोमा सुरेश कोहली र अश्विनी शाहीको अभिनय देख्न सकिन्छ। भिडियोको निर्माण व्यवस्थापन दिपेन गौतमले गरेका छन् भने सह–निर्देशन सैलेश खत्रीले सम्हालेका छन्। पुनम श्रेष्ठको कोरियोग्राफी, उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन रहेको भिडियोका निर्देशक एलिश खनाल हुन्। एलिश खनालले गीतको अडियो अनुसार भिडियो उत्कृस्ट बनाएका छन्। कार्यक्रममा बोल्ने क्रममा अतिथिहरुले काभ्रेपलान्चोक जिल्ला पनौती नगरपालिका क्षेत्रमा खिचिएको भिडियो राम्रो बनेको भन्दै प्रसंशा समेत गरे।

कार्यक्रममा वरिष्ठ गीतकार आनन्द अधिकारी, गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापा लगायतले शुभकामना दिएका थिए । त्यस्तै गायिका दिपिका बयम्बुले गीत प्रस्तुत गरेकी थिइन् ।