" />
काठमाडौं । देशभर कोरोनाभाइरसको संत्रास छ । बिहीबारमात्रै देशभरी १ हजार २ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ । १३ हजार ४ सय १३ पीसीआर परीक्षण गरिएकोमा महिला ३ सय ९४ र ८ सय ३४ जना पुरुषमा संक्रमण देखिएको हो । यस्तै काठमाडौंमा ३ सय ५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा संक्रमण देखिएको छ ।
यस्तो अवस्थामा बिहीबार ललितपुरमा कोरोनाको कुनै परबाह नगरी स्थानीय सडकमा उर्लिए । जारी निशेधाज्ञा तोडेर सयौं संख्यामा पुल्चोकमा भेला भएको भीडलाई प्रहरीले बल प्रयोग गरेको थियो ।
कोरोना महामारीको जोखिमबीच स्थानीय र गुठियारहरूको भीडले रातो मच्छिन्द्रनाथको रथ तानेर बीच सडकमा ल्याएसँगै दुई पक्षीय झडप सुरु भएको थियो । सो क्रममा प्रहरीले पानीको फोहोराका साथै अश्र्रुग्यास र लाठीचार्ज गरेको छ । यस्तै स्थानीयले पनि ढुंगामुढा प्रहार गरेका थिए । हेर्नुहोस् फोटो फिचर