नेपाल–चीन सीमाक्षेत्र नजिक रसुवाको किरिङ्गिन (केरुङ) प्राकृतिक सौन्दर्यले भरिपूर्ण रमणीय ठाउँ हो । यहाँबाट देखिने सेता हिमशृङ्खलाहरूले वातावरणलाई अझ मनमोहक बनाउँछन्। अग्ला हिमालहरू, हरियालीले ढाकिएका डाँडाकाँडा र स्वच्छ हावाले जो कोहीलाई आकर्षित गर्ने भएकाले पर्यटकहरु खुशै रमाउने गर्छन् ।