काठमाडौं । बरिष्ट गीतकार तथा बाल मानोबिज्ञ अम्बिका गुरुङको शब्दमा सजिएको बाल्गीत्मा पछिल्लो समय टिकटकबाट चर्चामा आएकी बाल कलाकार समाइरा थापा अभिनित ‘बांगो बांगो खुट्टाले’ को भिडियो सार्वजनिक भएको छ । प्रकाश लेप्चाको एरेन्ज र संगीत रहेको गीतमा प्रेगिशा पौडेलको स्वर छ ।

गीतमा समाइरासँग अन्य कलाकारहरु पनि फिचर्ड छन् । भिडियोमा हिमाल शर्माको छायांकन, कृष्ण पाण्डेको सम्पादन र सञ्चारकर्मी त्रिशा केसीको निर्देशन छ ।

Nepal Telecome

गीतकार गुरुङले यो भन्दा अगाडी पनि दर्जनौ बालगितहरुमा आफ्नो जादुमय शब्दहरु कोरी सकेकी छिन भने नयाँ नयाँ प्रतिभाहरुलाइ प्रस्फुटन गराउदै दर्शक श्रोता सामु पस्किदै आएकी छिन। आफ्ना हजुरआमाहरुले गाउनु भएको बालगीतलाई आफूले प्रस्तुत गरेको बताइन् । ‘यो गीत श्रोताहरु कसैले धेरैपटक सुन्नुभएको पनि हुनसक्छ । यी सबै मौलिक बाल गीतहरुलाई मैले फ्युजन गरेर बनाएकी हुँ’, उनले भनिन् । भिडियोलाई भवसागर इन्टरटेनमेन्टको युट्युब च्यालनबाट सार्वजनिक गरिएको छ ।